२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आज हावा, हुरी पानी पर्छ कि पर्दैन ?



काठमाडाैँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै पश्चिमको पहााडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी क्षेत्रको मौसम आंशिक बदलीको अवस्थामा रहने महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका थोरै तथा पश्चिमका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि बादल लागेका छ ।

दिनभरजसो बदलीको अवस्था रहे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जनाइएको छ । तराईका क्षेत्रमा अपराहन्नतिर हावाहुरी चल्न सक्ने मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५ बिहिबार ००:००  २ : ५२ बजे