एजेन्सी ।
पेरिस सेन्ट–जर्मेन पिएसजी फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा नान्टेसलाई ३–० ले हराउँदै पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।
१० खेलाडीमा सीमित भएको नान्टेसलाई हराउने क्रममा पिएसजीका लागि मार्को भेराट्टी, केलिएन एमबाप्पे र एल्वेस डा सिल्भाले गोल गरेका हुन् । २९ औँ मिनेटमा भेराट्टीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लियो ।
उसले थप दुई गोल खेलको अन्तिम समयतिर गरेको हो । ८५ औँ मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा डा सिल्भाले गोल गर्दै टिमलाई ३–० को जित दिलाएका हुन् ।
७२ औँ मिनेटमा कलिफा कलिबाली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सीमित भएको थियो ।
प्रतिक्रिया