मायादेवी अनलाइन, चन्द्रौटा ।
६२ औं सहकारी दिवसको अवसरमा कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा चन्द्रौटा क्षेत्रका सहकारीहरुले राहत संकलन गरेका छन् । गत आइतबार साँझ आएको हावाहुरीबाट पीडित भएकाहरुको लागि सहकारीहरुले दिवसको अवसरमा राहत संकलन गरेका हुन् । पिडितको साथमा सहकारी भन्ने व्यानर सहित चन्द्रौटा क्षेत्रबाट ९४ हजार ३ सय ५७ रकम संकलन गरिएको शिवराज सहकारी सञ्जालका अध्यक्ष दमन भाटले बताउनुभयो ।
सशस्त्र चेकप्वाइन्टबाट प्रभात फेरी संगै राहत संकलन अभियान चलाएको भाटले बताउनुभयो । अभियानमा अरनीको सहकारीबाट ११ हजार १ सय, हिमपात साना किसान बाट ७ हजार १ सय, सहज सहकारीबाट ७ हजार ५ सय, मनकामना सहकारीबाट २ हजार, कल्याणकोट सहकारीबाट २ हजार, शुभलक्ष्मी सहकारीबाट ५ हजार, लक्ष्मणघाट सहकारीबाट २ हजार, सर्वोदय सहकारीबाट ३ हजार, जनकल्याण सहकारीबाट ५ हजार १ सय, संजिवनी सामुदायिक अस्पतालबाट २ हजार, विगुल बचतबाट ५ हजार, सृजनशील सहकारीबाट ५ हजार ५ सय र शिवराज सहकारीबाट १ हजार एक सय रुपैया उठेको छ ।
यस्तै सामाजिक विकास मंचले एक हजार सहयोग गरेको छ । आजको राहत सहकारी संस्थाबाट ५८ हजार तिन सय र विभिन्न संघ संस्था, व्यापारिक निकायबाट ३५ हजार ९ सय ८० उठेको बताइएको छ । संकलन भएको रकम पिडित सम्म पुर्याउने तयारी छ ।
प्रभात फेरी र राहत संकलन अभियान पछि भएको सभामा बोल्दै प्रदेश ५ सभा सदस्य अर्जुन कुमार के.सी.ले सहकारीहरुले राष्ट्रलाई समृद्ध बनाउने रोजगारीको सिर्जना पनि सहकारी वाटै भएको दावी गर्नुभयो ।
यता दिवसको अवसरमा वाणगंगा क्ष्ँोत्रमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला सहकारी संघ र कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाले दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।
प्रभातफेरी पछि भएको कार्यक्रममा बोल्दै सहकारी अभियान्ताहरुले सहकारीले देशमा पु¥याएको योगदानको चर्चा गरेका छन् । राज्यले तीन खण्डे अर्थनितिमा सहकारीलाई पनि समावेश गरेको भन्दै सहकारीको देशमा महत्वपूर्ण भूमिका रहेको उनीहरुको भनाई थियो ।
२० चैत्र २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया