दाङ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्ने बताएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै उनले पार्टीको विधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने व्यवस्था रहेको बताए ।
उनले महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था गरिएको जानकारी दिए । ‘कांग्रेस सबैको पार्टी हो । १६ मिनेट लामो भाषण गरेका देउवाले वर्तमान सरकारको आलोचनामा अधिकांश समय खर्चे । उनले सरकारले कामै गर्न नसकेको आरोप लगाए ।
‘ओली सरकार बनेको एक वर्ष भन्दा बढि भयो । तर, जनताको काम एउटा पनि गर्न सकेन’, उनले भने, ‘सबै गलत काम गरिरहेको छ ।’ अब ओली सरकारविरुद्ध कांग्रेसले आन्दोलन गर्ने र त्यसका लागि तम्तयार रहन उनले कार्यकर्तालाई निर्देशन दिए ।
२० चैत्र २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया