२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

शिशु जन्माएसँगै अविवाहित आमाले गरिन् आत्महत्या



स्याङ्जा ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका(७ की एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन् ।

स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् ।

आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।आमा(शिशु दुवैको शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  १० : ०४ बजे