९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सभापति देउवा भन्छन्ः सरकार एकलौटी ढंगले अघि बढ्यो



दाङ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार एकपक्षिय ढंगले अघि बढेको बताउनुभएको छ ।दुई तिहाईको सरकार भए पनि काम गर्न नसकेको आरोप लगाउँदै प्रतिपक्षी दललाई दोष देखाएर सरकार उम्कन नमिल्ने प्रष्ट पार्नुभयो। नेपाल प्रेस युनियन दाङले लमहीमा आज विहान लमहीमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले सरकारले आफूहरुसँग कुनै पनि सल्लाह नगरेको पनि उल्लेख गर्नुभयो।
संसदमा प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले संवैधानिनक परिषद्बाट हुने नियुक्ति लगाएतका विषयमा पनि सल्लाह नगरि एकलौटी ढंगले अघि बढेको बताउनुभयो। उहाले सरकारका मन्त्रीहरुले पछिल्लो समय प्रतिपक्षी कारण काम गर्न नसकेको भन्दै दिएको अभिव्यक्ति प्रति देउवाले भन्नुभयो ‘यो सरकारको गैह्र र अराजनीतिक टिप्पणी हो।’
दुई तिहाइ सरकारले आफ्नो असक्षमता ढाक्नका लागि प्रतिपक्षले काम गर्न नदिएको भन्दै हिड्नु हास्याँस्पद भएको देउवाको कथन थियो। अर्को प्रशंगमा सभापति देउवाले वार्ता र सम्वादका माध्यमबाट नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा लगायतका असन्तुष्ट पक्षलाई मुलधारको राजनीतिमा ल्याउन जरुरी रहेको पनि उल्लेख गर्नुभयो। प्रतिबन्ध र दमनले देशमा थप हिंसा उत्पन्न हुने भएकाले सरकारले वार्ता र सम्वादको बाटो रोज्नु पर्ने उहाको सुझाव थियो।
त्यसैगरी काग्रेस सभापती सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलन राम्रो भएपनि वर्तमान सरकारले दाताहरुलाई ढुक्क भएर लगानी गर्ने लगानीको वातावरण बनाउन नसकेको आरोप पनि लगाउनुभयो।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  ९ : ३३ बजे