२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

फुलह्याम वाट्फोर्डसँग ४–१ ले पराजित



एजेन्सी ।
फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग ४–१ ले पराजित भएपछि फुलह्याम रेलिगेशनमा पर्ने पक्का भएको हो ।
घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डको जितमा अब्दुलायी डुकुर, विल ह्युज, ट्रोय डीनी र किको फेमेनियाले गोल गरे । फुलह्यामका लागि रायन बेबलले एक गोल फर्काए ।
२३ औँ मिनेटमा डुकुरको गोलबाट वाट्फोर्डले सुरुवाति अग्रता लियो । ३३ औँ मिनेटमा बेबलले फुलह्यामका लागि एक गोल फर्काएपछि पहिलो हाफमा १–१ बराबरी भयो ।
दोस्रो हाफमा वाट्फोर्डले थप तीन गोल गरेको हो । उसका लागि ६३ औँ मिनेटमा ह्युज, ६९ औँ मिनेटमा डीनी र ७५ औँ मिनेटमा फेमेनियाले गोल गरेका हुन् ।
यसअघि हडरल्सफिल्ड टाउन रेलिगेशनमा परेको थियो । अब दुवै क्लबले आउँदो सिजन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । फुलह्यामले यो सिजन प्रिमियर लिगमा पाँच खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  २ : ०८ बजे