एजेन्सी ।
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा पुग्ने मौका गुमाएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वुल्भ्ससँग २–१ ले पराजित भएको म्यानचेस्टर युनाइटेडको शीर्षचार भित्र अटाउने अवसरमा धक्का लागेको हो ।
दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएर बिताएको युनाइटेडका लागि स्कट म्याकटोमिनीले १३ औँ मिनेटमा नै गोल गरेर अग्रता दिलाए पनि हार टर्न सकेन । २५ औँ मिनेटमा डिएगो जोटाले वुल्भ्सका लागि बराबरी गोल फर्काए ।
५७ औँ मिनेटमा एश्ली योङ्ग दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो । ७७ औँ मिनेटमा युनाइटेडका क्रिस स्मोलिङ्गले आत्मघाती गोल गरेपछि वुल्भ्सको जित निश्हिचत भयो ।
आत्मघाती गोलका कारण पराजित भएको युनाइटेड ३२ खेलबााट ६१ अंकसहित पाँचौँ स्थानमा छ । एक खेल कम खेलेका चौथो स्थानको टोटनह्यामको ६१ तथा तेस्रो स्थानको आर्सनलको ६३ अंक छ । ४७ अंकसहित वुल्भ्स सातौँ स्थानमा छ ।
प्रतिक्रिया