एजेन्सी ।
अन्तिम समयमा गरेका दुई गोलले हारबाट जोगाए पनि बार्सिलोना स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित भिल्लारियलसँग बराबरीमा रोकिएको छ ।
लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा शीर्षस्थानलाई हारबाट जोगिन मुश्किल परेको हो । बार्सिलोनाले १२ औँ मिनेतमा फिलिप कोन्टिन्हो तथा १६ औँ मिनेटमा माल्कमले गरेको गोलबाट अग्रता लियो । २३ औँ मिनेटमा भिल्लारियलका लागि सामुएल चुक्वुवेजले एक गोल फर्काए ।
दोस्रो हाफमा भिल्लारियलले थप तीन गोल गरेको हो । उसका लागि ५० औँ मिनेटमा टोको एकाम्बी, ६२ औँ मिनेटमा इबोर्रा तथा ८० औँ मिनेटमा बाक्काले गोल गरे ।
८६ औँ मिनेटमा गोन्जालेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल १० खेलाडीमा सीमित भयो । पछि परेको बार्सिलोनाका लागि ९० औँ मिनेटमा कप्तान लियोनल मेस्सी तथा इन्जुरी समयको तेस्रो मिनेटमा लुइस स्वारेजले गोल गरेर हारबाट जोगाएका हुन् । बराबरीपछि शीर्षस्थानको बाािर्सलोनाको ३० खेलबाट ७० अंक भएको छ ।
मंगलबार राति नै भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले जिरोनालाई २–० ले हराएको छ । जितपछि एथ्लेटिकोको ३० खेलबाट ६२ अंक भएको छ । अर्को खेलमा स्पानियोल र गेटाफेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
२० चैत्र २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया