९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जारी आईपीएलमा राजस्थानको पहिलो जित, बैंग्लोरको चौथो हार



काठमाडौं । 

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं खेलमा राजस्थान रोयल्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर ७ विकेटले पराजित भएको छ । अहिले सम्म चार ओटा खेल खेलको राजस्थानको पहिलो जित हो भने बैंग्लोरको चौथो हार हो ।

जयपुर भइरहेको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले निर्धा्रित २० ओभर पुग्न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थियो ।

राजस्थानको जितका लागि जोस बट्लरले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र १ छक्काको मद्दतले ५९ रनको योगदान गरे । त्यसैगरी स्टेभेन स्मिथले ३८, राहुल त्रिपाठी २८, अजिंक्य राहणेले २२ र बेन स्टोकले १ रन बनाए ।

बैंग्लोरका लागि युज्भेन्द्र चाहलले २ विकेट लिए भने मोहमद सिराजले एक विकेट लिए । पार्थिव पटेलको अर्धशतकको सहयोगमा बैंगलोरले राजस्थान रोयल्सलाई १ सय ५८ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेले अर्धशतकीय पारी खेलेका थिए ।

४१ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६७ रन बनाएका हुन् । त्यस्तै मर्कियुसले ३१ रन बनाउदा कप्तान विराट कोहोलीले २३ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि श्रेयस गोपालले सर्वा्धिक तीन र जोफ्राले एक विकेट लिएका थिए । १२ औं संस्करणको आइपीएलमा बैंग्लोरले अहिलेसम्म कुनै पनि खेल जितेको छैन ।

प्रकाशित मिति : २० चैत्र २०७५ बुधबार ००:००  १२ : ०५ बजे