भैरहवा ।
लुम्विनी र पोखराका पर्यटन व्यवसायीहरुले एक आपसमा समन्वय गर्दै पर्यटन प्रवद्र्धन र बिकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन ।
यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म पोखराको फेवा ताल किनारमा आयोजना हुने १६औँ ‘फेवा नव वर्ष महोत्सव २०७६’को प्रचार प्रशारका लागि लुम्विनी आएका पोखरेली पर्यटन व्यवसायी र लुम्विनीका पर्यटन व्यवसायीहरुका बिच आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागि पर्यटन व्यवसायीहरुले एक आपसमा सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका हुन ।
उनीहरुले एक अर्का स्थानमा हुने पर्यटन प्रवद्र्धनका कार्यक्रममा सहभागि हुने, सहयोग गर्ने र आएका पर्यटकको बसाई बढाउने बताएका छन ।
त्यस्तै भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तरराष्टिय बिमानस्थल र पोखरामा निर्माणाधिन क्षेत्रीयस्तरको अन्तरराष्टिय बिमानस्थलको छिटो निर्माण पुरा गर्न सरकारलाई आवश्यक सहयोग गर्ने र दुवै प्रदेश सरकारले घोषणा गरेका तथा संघीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई निजी क्षेत्रका तर्फबाट सहयोग पुर्याउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताएका छन ।
कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष बिकल तुलाचन, पुर्वअध्यक्ष पालिखे, सिद्धार्थ होटल संघ रुपन्देहीका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, नाटा प्रदेश ५ का अध्यक्ष बिष्णु प्रसाद शर्मा लगायतले बोल्नु भएको थियो ।
प्रतिक्रिया