परासी ।
पश्चिम नवलपरासी कारागारका कैदीबन्दी पानी किन्न बाध्य भएका छन्। कारागारमा पिउने पानीको व्यवस्था नभएपछि उनीहरुले ’जार’ र ’मिनरल वाटर’ खरिद गरेर पिउन बाध्य भएका हुन् । पानीका लागि कारागारले हेण्ड पाइपको व्यवस्था गरेको छ तर हेण्ड पाइपबाट आउने पानीमा आर्से्निक मिसिएको छ ।
पिउनबाहेक अन्य काममा मात्र कैदीबन्दीले हेण्ड पाइपको पानी प्रयोगमा ल्याउने गरेका छन् । बजार क्षेत्रमा पानी वितरण गर्दै आएको परासी खानेपानी उपभोक्ता समितिले पनि कारागारमा पानी उपलब्ध गराएको छैन ।
दैनिक २० वटा जार र २० पेटी मिनरल वाटर खरिद गरेर पिउने गरिएको कैदीबन्दीले जनाएका छन् । सरकारले कैदीबन्दीका लागि दैनिक ६० रुपैयाँ नगद र ७ सय ग्राम चामल उपलब्ध गराउने गरेको छ ।
१९ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया