९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अर्थमन्त्री भन्छन्, लुम्बिनी गुरुयोजना पूरा गर्न स्रोत छैन



रुपन्देही ।
अर्थमन्त्री डा. युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाले त्यसका लागि अन्तर्रा्ष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने प्रष्टाउनुभयो
आज लुम्बिनीमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री डा. खतिवडाले तीन वर्ष्भित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताउनुभयो । यद्यपि, गुरुयोजना पूरा गर्ने सबै खर्च सरकारले कोषलाई तीन वर्ष्भित्रै उपलब्ध गराउन नसक्ने उहाले प्रष्ट पार्नुभयो ।
मन्त्री खतिवडाले बारा र पर्सामा भएको हावाहुरीको घटनामा संघीय सरकारको मापदण्डभन्दा पनि माथि गएर प्रदेश सरकारकाले राहत दिने घोषणा गरेकाले संघीय सरकारको तर्फबाट राहतका लागि कुनै निर्णय गर्न जरुरी नदेखिएको दाबी गर्नुभयो । उहाले घाइतेको निःशुल्क उपचार र भत्किएका संरचनाको पुनःनिर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  १ : ५९ बजे