२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ राहत दिने



धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सामा आएको भीषण हावाहुरीका पीडितलाई राहतका लागि एक करोड रकम प्रदान गर्ने भएको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितको राहत र पुनस्र्थापनाका लागि उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकपछि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले एक करोड रकम प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ८ : ३२ बजे