२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्राइम बैंक आगलागीमा सात लाखको क्षति



संखुवासभा ।
सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी हुदाँ सात लाख रुपैयाँको क्षति भएको छ। मंगलबार बिहान ६ बजे अचानक विधुत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। आगलागीबाट कार्यालयको कम्प्युटर, प्रिन्टर र फर्निचरलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। विकास तामाङको दुई तले घरको भुइतल्लामा रहेको प्राइम बैंकले केही महिना अघि शाखा कार्यालय स्थापना गरेको थियो। आगो स्थानीयबासी र प्रहरीले नियन्त्रण गरेका थिए। आगोलागीबाट ठूलो मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। सभापोखरी गाउँपालिका सदरमुकाम खाँदबारी बाट ६ घण्टाको पैदल दुरीमा पर्दछ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ७ : ३३ बजे