२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

बोराभित्र शव लिएर हिँडेका २ जना पक्राउ



चितवन ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट आज बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् । उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
रेग्मीका अनुसार सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले बताए । सो परिवारले नारायणगढमा फलफूल बिक्री गर्ने गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ७ : २७ बजे