काठमाण्डौ ।
नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई थप २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राहत स्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सभापति देउवाले हावाहुरीले ज्यान गुमाएकाका परिवारलाई राहत तथा हावाहुरी प्रभावितको उपचार र पुनस्र्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग पनि गर्नुभयो ।
सभापति देउवाले बिहान नारायणी अञ्चल अस्पतालमा घाइते भएकालाई भेट्नुभएको थियो । उहाँले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गर्नुभयो ।
१९ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया