काठमाण्डौ ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितलाई आधा महिनाको तलब सहयोग गर्ने बताएका छन् । बारा र पर्सामा भीषण हावाहुरीले र्पुयाएको क्षतिमा पुनर्स्थापनाका निम्ति उहाँले आफ्नो आधा महिनाको तलब सहयोग गर्न लाग्नुभएको हो ।
भट्टराईले बारा र पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान पनि गर्नु भएको छ ।
संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न पनि निर्देशन दिनुभएको छ ।
१९ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया