९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फोरममा कुर्मी र यादव



मायादेवी अनलाइन, वाणगंगा । 

संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुको मायादेवी गाउँपालिकाको अधिवेशनबाट बजरंगी प्रसाद कुर्मी र शैलेन्द्र कुमार यादव निर्वाचित भएका छन् । फोरम कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा सहमति नमिले पछि निर्वाचन भएको थियो ।

निर्वाचनको मतपरिणाममा गाउँपालिका अध्यक्षमा बजरंगी प्रसाद कुर्मीले ६३ मत ल्याई विजयी भएका छन । उनका प्रतिद्धान्दी रामरक्षा जयसवालले २० मत ल्यएका थिए । कुल ८५ मत मध्ये कुर्मीले ६३, जयसवालले २० र १ मत बदर भएको थियो भने १ मत खसेको थिएन ।

त्यस्तै गाउँपालिका देखि फोरम नेपालको जिल्ला समन्वय समितिकोे प्रतिनिधिको लागि शैलेन्द्र कुमार यादवले ५७ मत ल्याई विजयी भएका छन । भने उनका प्रतिद्धन्दी चन्द्रिका यादवले २७ मत प्राप्त गरेका थिए । ५७ मत ल्याई शैलेन्द्र कुमार यादवले जिल्ला समन्वय समितिको प्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको छ । भने महिला सदस्यमा निर्विरोध उर्मिला विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

गाउँपालिका पदाधिकारीको लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएका थिए । गाउँपालिका निर्वाचनमा अध्यक्ष बजरंगी प्रसाद कुर्मी निर्वाचित भए सगैं कार्यसमिति पुर्ण भएको निर्वाचन संयोजक राजेन्द्र प्रसाद कुर्मीले बताएका छन ।

गाउँपालिकाको उपाध्यक्षमा उदयभान चौहान रहेका छन् । भने सचिवमा नाथु कहाँर, कोषाध्यक्षमा पुन्ना चौधरी, सहसचिवमा विरेन्द्र कुमार यादव लगायत २१ सदस्यीय कार्य समितिले पुर्णयता पाएको निर्वाचन संयोजक राजेन्द्र प्रसाद कुर्मीले बताएका छन । नवनिर्वाचित सम्पुर्णलाई फोरम नेपालका प्रदेश नं. ५ का प्रदेश अध्यक्ष अशोक कुमार यादवले पार्टीको सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ३ : ४५ बजे