९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दैलेख केन्द्रबिन्दु भएर भूकम्प गयो



दैलेख ।

सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।

सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो ।

हावाहुरीसँगै परेको चट्टयाङ लागेर महाबु गाउँपालिका –४ का वडासदस्य नरेन्द्र शाही घाइते हुनुभएको छ ।

हावाहुरीले विद्यालयको छाना उडाएको खबर आए पनि मानवीय क्षति नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  २ : ३५ बजे