मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले ५ नं. प्रदेशका सांसदबाट एक दिनको तलव हावाहुरी प्रभावित क्षेत्रमा दिनुपर्नेमा जोड दिनुभएको छ । सोमबार प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई भेटेर प्रदेशका सबै सांसदहरुबाट एक दिनको तलव वापतको रकम सहयोग गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको हो ।
विभिन्न राजनीतिक दलले हावाहुरी प्रभावित क्षेत्रमा राहत दिने घोषणा गरिरहेका छन । नेकपाका प्रतिनिधिसभा सदस्यले एक दिन वापतको तलव राहत स्वरुप दिने घोषणा गरिसकेका छन भने कांग्रेस निकट सांसदले दुई दिनको तलव राहत स्वरुप दिनेभएका छन् ।
यस्तो अवस्थामा प्रदेश नं. ५ का सांसदहरुले पनि राहत स्वरुप एक दिनको तलव प्रभावित क्षेत्रमा दिनुपर्नेमा सांसद पन्थीले माग गर्नुभएको छ । सभामुखबाट सबै सांसदलाई यो कुरा पु¥याउनका लागि उहाले आग्रह गर्नुभएको हो ।
आइतबार साँझ पानी संगै आएको हावाहुरीले झण्डै ३२ जनाको ज्यान गएको छ भने ४ सय बढी घाइते भएका छन् । करोडौंको भौतीक क्षति हुन पुगेको छ ।
१८ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया