मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको नाम कर प्रसाद ओली राख्न उचित हुने टीप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकारले चारैतिर करको बोझ थपेर जनतालाई मारमा पारेको आरोप लगाए । ‘अब केपि ओलीको नाम कर प्रसाद ओली राखेपनि हुन्छ उनले भने, “ यो सरकारले चारैतिर करको बोझ थपेर जनतालाई बर्बाद बनायो ।” अहिलेको सरकारले स्थानीय, प्रदेश र केन्द्र सरकार सम्म कर बढाएको उनको आरोप थियो । छैठौं कपिलवस्तु महोत्सवको सोमबार उद्घाट न गर्दै उनले यस्तो टीप्पणी गरेका हुन् ।
बुद्धस्थलको भरिपूर्ण रहेको कपिलवस्तुको सम्भावना राम्रो रहेको भन्दै यहाँको विकासमा आफु सदैव लाग्ने देउवाले आश्वासन पनि दिए । सभापति देउवा सोमबार राती जिल्लामै बसेर मंगलबार जिल्लाको पश्चिमी क्षेत्रमा आयोजना हुने पार्टीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभापति देउवा संगै केन्द्रिय सदस्य प्रकाश शरण महत पनि यहाँ आएका हुन् ।
१८ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया