२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

घाइते भेट्न प्रधानमन्त्री ओली अस्पतालमा, नेकपाका सांसदले एक दिनको तलव दिने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलाइ भेट्न बारा पुग्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा सहित प्रधानमन्त्री ओली बारा पुग्नुभएको हो ।
प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिनुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन पनि दिनुभयो । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो ।
नेकपाका सांसदले एक दिनको तलब दिने

नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएका छन् । प्रधानमन्त्री ओलीले नै यो जानकारी गराउनुभएको हो । नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  ९ : ५२ बजे