९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पारस पुरी हत्याकाण्डः रिसिईबी प्रमुख कारण !



मायादेवी अनलाइन, वाणगंगा । 

आइतबार राती कपिलवस्तुमा गोली प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका वडा नं. १० विद्यानगरका ४५ बर्षिय पारस पुरीको गोली हानी हत्या गरिएको हो । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले घरमै बसिरहेको अवस्थामा अन्धाधुन्ध गोली प्रहार गरी उनको हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ । घटना राती झण्डै साढे ९ बजे तिरको हो । गोली प्रहारबाट सक्त घाइते पुरीको उपचारको लागि तत्कालै शिवराज अस्पताल बहादुरगञ्ज ल्याइएको थियो । यहाँ उपचार सम्भव नभए पछि उनलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । बुटवल अस्पतालमा उपचार गर्दा गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पुरी म्यानपावर व्यवसायी थिए । भारतीय सिमा संग नजिकै रहेको विद्यानगरमा उनी स्थायी बसोबास गर्दै आएका थिए । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा ल्याएको जनाएको छ । रिसिइबीको कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पुरी म्यानपावर व्यवसायी भएकोले कसैले रिसिईबी साधेँको हुन सक्ने अनुमान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक अच्युतम पुडासैनीले हत्याबारे सुक्ष्म ढंगले अनुसन्धान थालिएको मायादेवी अनलाइनलाई जानकारी दिए । हत्याको आंशकामा तीन जनालाई नियन्त्रणमा ल्याएका छौं प्रहरी उपरिक्षक पुडासैनीले मायादेवीलाई भने, “पुरीको हत्या कस्ले र किन ग¥यो हामी तत्काल दोषि पक्राउ गछौं ।” पुरीको छातीका दुई स्थानमा गोली लागेको थियो । उनको हत्या गोलीबाटै भएपनि कुन पेस्तोलको प्रयोग भएको थियो प्रहरीले खुलाएको छैन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  ९ : ३४ बजे