पाल्पा ।
कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एक्स्काभेटर चालकको ज्यान गएको छ ।
बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भकबहादुर थापा आज बिहान १० बजे एक्कासि सडक माथिबाट खसेको माटोसहितको ढिस्कोले लागेर घाइते हुनुभएको थियो । उपचारका लागि रामपुर अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपालसिं रानाले जानकारी दिनुभयो । थापाको शव अहिले रामपुर अस्पतालमा राखिएको छ ।
१८ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया