काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली हुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । गृह जिल्ला झापामा रहनुभएका प्रधानमन्त्री ओली आजको सबै निर्धा्रित कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्र पुग्नुभएको हो ।
नेपाली सेनाको स्काई ट्रकमार्फत प्रधानमन्त्री ओली झापाबाट सिमरा विमानस्थलमा ओर्लनु भएको हो । सिमरा विमानस्थलबाट फेरि सेनाको एम आई १७ हेलिकप्टरबाट प्रभावित क्षेत्र पुग्नुहुने जनाइएको छ ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुनुहुन्छ ।
हुरीका कारण बारा पर्सामा २७ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् भने बाराको फेटा, पर्सौनी, सुवर्ण गाउँपालिकालगायतका स्थानका अधिकांस घरहरु भत्किएका छन् ।
प्रतिक्रिया