९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएलः चेन्नईद्धारा राजस्थान ८ रनले पराजित



एजेन्सी ।
इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले हरायो ।
कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । धोनीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।
सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसेपछि कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे । धोनी बाहेक ड्वाइन ब्राबोले २७ रन बनाए भने सुरेश रैनाले ३६ रन जोडे ।
१७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनमा समेटियो । राजस्थानका लागि बेन स्टोक्सले सर्वा्धिक ४६ रन बनाए भने राुहल त्रिपाठीले सर्वा्धिक ३९ रनको योगदान दिए ।
राजस्थानलाई कम स्कोरमा रोक्नका लागि दिपक चाहर, सार्दुल ठाकुर, ड्वाइन ब्राभो र इमरान ताहिरले दुई दुई विकेट लिए । जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  २ : ०१ बजे