९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पूर्वी तराईमा हावाहुरीको वितण्डा, मृत्यु हुनेको संख्या २७ पुग्यो, उद्दार जारी



काठमाडौं ।
हावा हुरीका कारण पूर्वी तराई बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावा हुरीले बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) हेमबहादुर शाहीले बताए । शाहीका अनुसार मृत्यु हुनेमा १५ महिना र ११ पुरुष रहेका छन् । मृतकको सनाखत हुन भने बाकी रहेको छ ।
रातिदेखि नै घाइतेको उद्दार जानरी भए पनि अस्पतालमा प्राप्त बेडहरू नहुदा समस्या भएको छ । ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए । बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको । उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ ।
पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५ सोमबार ००:००  १२ : ३९ बजे