२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

पूर्वी तराईमा विनासकारी हावाहुरी, २५ भन्दा बढीको मृत्यु, सयौं घाइते



काठमाडौं ।
पूर्वी तराईमा आइतबार साँझ विनासकारी आँधी हुरी आएको छ । जसले गर्दा दर्जनौं व्यक्तीको ज्यान गएको छ भने सयौं घाइते भएका छन । शनिबार साँझ आएको आँधी हुरीमा जनधनको क्षति भएको जानकारी आएको छ । बारामा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।
पछिल्लोपटक बारा र पर्सामा गरी २३ को मृत्यु भएको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटर मार्फत बारा र पर्सामा गरी २५ को मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको जनाएका छन् । प्रदेश २ का जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन् । प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन् । ’उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्दे्शित गरिएको’ उनले ट्वीटमा जनाएका छन्।
प्रधानमन्त्रीले दोस्रो ट्वीट गर्दासम्म २५ जना रहेको मृतकको संख्या यो समाचार तयार पार्दासम्म बढिरहेको छ । प्रधानमन्त्रीले नै ४०० जना घाइते भएको जानकारी आएको उल्लेख गर्नुले यो संख्या अझ बढ्ने देखिन्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ५ : ४७ बजे