२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कपिलवस्तु आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा



मायादेवी अनलाइन, जितपुर ।
बैशाख ५ गतेबाट प्रदेश नं. ५ को नेपालगञ्जमा उद्घाटन हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कपिलवस्तुले तयारी तिव्र पारेको छ । प्रदेश नं. ५ का बिभिन्न ५ जिल्लामा हुने खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा हुने प्रतियोगिताका लागि जिल्ला खेलकुद बिकास समितिले तयारी तिव्र पारेको हो । जसका लागि कपिलवस्तुको तौलिहवामा बसेको जिल्ला खेलकुद बिकास समितिको बैठकले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सफल पार्न विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुमा महिला फुटवल प्रतियोगिता र कुस्ती प्रतियोगिता हुने बताउदै अध्यक्ष रेश्मी मगरले प्रतियोगितालाई थप ब्यवस्थित बनाउन विभिन्न ७ वटा उपसमिति गठन गरिएको बताए । जसअन्र्तगत अनुगमन तथा मुल्याकंनमा जिल्ला समन्वय समिति सभापति नारायण खनाल, खेल निमार्ण स्थल ब्यवस्थापनमा जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री ), अथिति सत्कार ब्यवस्थापनमा कोषाध्यक्ष पदम सेन, निर्णायक तथा अफिसियल ब्यवस्थापन कार्यालय प्रमुख मिन प्रसाद पोखरेल, सुरक्षा ब्यवस्थापनमा जिल्ला फुटवल सघंका अध्यक्ष राम सेन, प्रचार्रसार उपसमितिमा सञ्जय मल्ल, भान्सा तथा आवासमा कमल क्षेत्री संयोजक रहेका छन ।

बिभिन्न समितिहरुले सम्बन्धीत निकायसगं छलफल तथा सहकार्य गरी अगाडी बढन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले आग्रह गर्दै प्रतियोगितालाई सफल पार्न आवहन समेत गरेका छन । बैठकले कपिलवस्तुको बाणगंगा ८ बोडगाउँमा रहेको मायादेवि रगंशालामा निमार्ण भएको प्रशासनिक भवनलाई जिल्ला खेलकुुद बिकास समितिको शाखा कार्यालय सञ्चालन गर्न प्रदेश खेलकुद बिकास समिति, राष्ट्रिय खेलकुुद परिषद र खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश नः ५ सामाजिक बिकास मन्त्रालय अन्र्तगत कपिलवस्तु जिल्लाका लागि बिनियोजित भएको बजेट(इनडोर, आउटडोर) संरचना निमार्ण, रगंशाला मर्मत कार्यालय भवन मर्मत लागत स्टीमेट तयार गरी प्रदेश सरकारमा पेश गर्ने, यही २७ गते खेलकुद प्रतियोगिता सञ्चालन हुने स्थानमा सरसफाई गर्ने र ४ गते बृहत प्रभातभेरी गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ३ : १० बजे