२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आईपीएलः हैदराबाद सामु बेंग्लोरको लज्जास्पद हार



एजेन्सी । 

इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले दोस्रो जित हात पारेको छ । रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ११८ रनको भारी अन्तरले हराउँदै हैदराबादले तालिकामा चार अंक जोडेको छ । बैंग्लोरको भने यो लगातार तेस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा दुई विकेट गुमाउँदै २३१ रन बनाएको थियो । हैदराबादका दुई खेलाडीले शतक प्रहार गरे । ओपनर जोनी बेइस्र्टो र डेविड वार्नरले शतकीय योगदान दिए ।

पहिलो विकेटका लागि यी दुई खेलाडीले १८५ रनको साझेदारी गरेका थिए । यो साझेदारी आईपीएलको सर्वा्धिक ठूलो साझेदारी हो । यसअघि सर्वा्धिक ठूलो पार्टनरसिपको कीर्तिमान १८४ रनको थियो । जुन गौतम गम्भीर र क्रिश लिनले सन् २०१७ मा गुजरात लायोनविरुद्ध बनाएका थिए ।

व्यक्तिगत रुपमा बेइस्र्टोले ११४ रनको योगदान दिए । उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै वार्नरले पनि ५५ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए । २३२ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९।३ ओभरमा ११२ रनमा समेटियो ।

बैंग्लोरका लागि सर्वा्धिक रन कोलिन ग्राण्डहोमले बनाए । उनले ३७ रन बनाएका थिए । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । ब्लिङतर्फ मोहम्मद नाबीले चार विकेट लिए भने सन्दिप शर्माले दुई विकेट लिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : ४० बजे