२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

बुद्धभूमिका सवै वडामा नेकपाका कमिटी गठन



मायादेवी अनलाइन, बुद्धभूमि ।
सरकारले गरेका राम्रा कामको गाउँगाउँमा प्रचार गर्नुपर्नेमा नेकपा अध्यक्ष झविलाल पोख्रेलले जोड दिनुभएको छ । सरकारले जनताका बीचमा राम्रा राम्रा काम गरेको भएपनि गलत प्रचार गरिएको भन्दै त्यसलाई चिर्नुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिनुभयो ।
नेकपा बुद्धभूमि नगर कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो । नगर कमिटी अध्यक्ष पिताम्बर खनालको अध्यक्षतामा बसेको बैठकले नगरका १० ओटै वडामा गठन भएको कमिटीलाई पूर्णता दिएको छ ।
यस्तै बैठकले आगामी एक महिना भित्र पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको छ भने नगरको विकासका लागि सबै पार्टी पङ्ति घट्ने निर्णय गरेको छ ।
नगर सचिव मोहन शर्मा केवटको सञ्चालनमा भएको बैठकमा नेकपाका नेता रुद्रलाल बञ्जाडे, नन्दलाल शर्मा, धर्म भुसाल, देवी बेल्वासे लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : ३५ बजे