२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कांग्रेस सभापती देउवा तौलिहवा आउदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवा सोमबार कपिलवस्तु आउनु हुने भएको छ । सोमबार देखि ३० गतेसम्म कपिलवस्तु सदरमुकाम तौलिहवामा संचालन हुन लागेको छैठौँ प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटनको लागि देउवा कपिलवस्तु आउनु हुने छ । उहाँ सोमबार विहान यहाँ आइपुग्नु हुने बताइएको छ ।
जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मूलनारा सहित महोत्सव हुने छ । महोत्सवमा विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु हालसम्म १ सय भन्दा धेरै स्टलहरु दर्ता भैसकेका छन् । यस वर्ष पनि विगतका वर्षहरुमा झैँ डान्स आइडोल, विभिन्न समुदायका कला संस्कृतिको प्रस्तुति कषि सामग्रीहरुको प्रर्दशनीे, पशुपति शर्मा सहित दर्जनौ ख्याति प्राप्त राष्टिय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।
यस वर्ष महोत्सव साँझ चाँडै सुरु गरेर राती पनि चाँडै सम्पन्न गर्ने, उँटको अवलोकन गर्न सकिने, पहिले भन्दा अत्याधिक संख्यामा स्टलहरु राखिने, पहिले भन्दा व्यवस्थित किसिमले सञ्चालन गर्ने तयारी छ ।
महोत्सवमा झण्डै कुल १ करोड बढिको कारोबार हुने र विगत ५ वर्षे इतिहासलाई उल्टाउँदै यस वर्ष भने महोत्सव नाफामा जाने अपेक्षा आयोजकले दावी गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : ३० बजे