२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

देउवा भन्छन्, आन्तरिक विवादले कांग्रेस कमजोर



शिवलाल सुवेदी, गुल्मी ।
नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन । नेपाली कांग्रेस गुल्मीको प्रथम ऐतिहासिक जिल्ला सम्लेलन संगै पाटीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवादले आफुहरु कमजोर भएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले एक नेपाली कांग्रेस आन्तरिक विवादका कारण कमजोर भएपनि कांग्रेस एकै ठाउँमा उभिने बितिकै बलियो हुने दावी गरे । चुनावमा कांग्रेसभित्र घात, अन्तरघात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नै साथीलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी बलियो नहुने तर्क गरे ।
हामीहरुमै धेरै समस्याहरु छन देउवाले भने “निर्वाचनको समयमा आफुले टिकट पाउदाँ सवै ठिक हुने, अर्कोले टिकट पाउदाँ वेठिक हुने प्रवृतिले पाटी कमजोर भएको हो ।” अहिले कांग्रेसमा अनुसाशन कमिटी निमार्ण भैसकेकाले अव पाटीमा घात, अन्तरघात गर्नेलाई कडा कारवार्ही हुने बताए ।
उनले अहिले देशमा कम्युनिष्टहरुले अधिकायकवाद लाद्दै कम्युनिष्ट शासन स्थापित गर्न लागेकाले यसतर्फ कांग्रेसका सवै नेता कार्यकत्र्ताहरुका साथै सुभचिन्तकहरु समेत सजक हुनुपर्ने समय आएको धारणा राखे । केपि ओली नेतृत्वको बर्तमान सरकारले अहिले एक दलिय कम्युनिष्ट शासन ल्याउन खोजेको छ उनले भने “पार्टीलाई एक बनाएरु लैजानु आजको आश्यकता हो, पार्टी एकता भएन भने मुलुकमा कम्युनिष्ट शासन स्थापित हुन्छ ।” लामो समयदेखि कांग्रेसमा घात अन्तरघात र गुटको ठुलो रोग लागेकाले अव तलदेखि माथीसम्मै नेता कार्यकत्र्ताहरु एकताबद्ध भएर जानुपर्ने देउवाको भनाई रहेको थियो ।
कम्युनिष्ट सरकार अधिनायकवादतर्फ अगाडि बढीरहेको भन्दै देउवाले कम्युनिष्ट सरकारविरुद्ध अन्तिम लडाई लड्नुपर्ने अवस्था आएको धारणा राखे । जबसम्म पार्टीमा एकता हुदैन तबसम्म नेपाली काग्रेस पार्टी अगाडि बढ्न सक्दैन उनले भने“ एकताको अभावले निर्वाचनमा पराजित हुन परेको हो अव सच्चिएर अगाडि बढौ ।” कम्युनिष्ट सरकारले अहिले मुलुकका सवैधानिक अगंहरुमा समेत हस्तक्षेप गरेको आरोप समेत लगाए ।
वर्तमान सरकारका काम कारर्वाही र गतिविधीले कम्युनिष्टहरु आफै पतन भएर जाने भन्दै देउवाले सरकार सविधान र लोकतन्त्र विपरित चलेको दावी गरे । गुल्मी काग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला सहमहामन्त्री प्रकाश शरण महत लगायत एक दर्जन बढी केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : २७ बजे