२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आइपीएलः इतिहासकै सबैभन्दा बढी ओपनिङ पार्टनरशिप, बेयरस्टा र वार्ननरको शतक



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

जॉनी बेयरस्टो  र  डेविड वॉर्नर को तूफानी शतकीय साझेदारीमा  सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैङलोरको सामु  २३२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले शुरू देखि नै बैङलोरलाई दबाबमा राख्यो । उसले २० ओभरमा २ विकेट गुमाउँदै २३१ रन बनायो ।

हैदराबादका विकेटकीपर जॉनी बेयरस्टोले  छट बलमा ११४ रनको धमकेदार पारी खेले । १७ औँ ओभरमा चहलले उनलाई आउट गरे पनि तयो ढिला भैसकेको थियो ।  उनले ७ छक्का र १२ चौकको मद्धतमा सो रन बनाए ।  यस्तै ओपनर डेभिड वार्नरले पनि  ५४ बलमा शतक प्रहार गरे ।  उनले ५ चौक र ५ छक्का हाने भने  छण् रन सिंगल र  डबल लिए ।

यस पहले २०१६ मा  एबी डिविलियर्स  र  विराट कोहलीले एउटै म्याचमा शतक बनाएका थिए ।  बेयरस्टो  र  वार्नरले पहिलो विकेटको लागि ज्ञडछ रनको  पार्टनरसिप खेले । यो आइपिएल इतिहासकै सबैभन्दा बढी ओपनिङ पार्टनरशिप हो । बैङलोरले अहिलेसम्म २ खेल भएकोमा २ मै हार भोगेको छ ।

बैङलोरले पहिलो म्याचमा चेन्नइ सुपरकिंग्ससंग ७० रनमै अल आउट भएको थियो ।  दोश्रो खेलमा मुम्बईसंग पराजित भएको थियो ।  अहिले बैङलोरले जवाफी बयाटिङ सु? गरेको छ । आजको दोश्रो खेलमा राति सबा ८ बजे शीर्ष स्थानको चेन्नई सुपरकिंग्स र राजस्तान रोयल्सबीच प्रतिस्पर्धा हुने छ । राजस्तानले यसअघि दुवै म्याच गुमाएको छ भने चेन्नईले दुवैमा जित दर्ता गरी २ अंक बटुलेको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  १ : ०० बजे