२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

महेन्द्रकोटका भुसाललाई यमाहाको बाइक किन्दा सुनको सिक्का उपहार


१७ चैत्र २०७५ आइतबार ००:००  

0
Shares

चारनम्बर कपिलवस्तु ।
नयाँ वर्षको अवसर पारेर यमाहा कम्पनीले ग्राहकलाई नयाँ अफर सहितको विशेष आकर्षक योजना आजदेखि लागु गरेको छ । यमाहा कम्पनीका मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याएको कम्पनीले आइतबारदेखि सुनौलो २०७६ नामक योजनाको श्रृंखला शुरु गरेको हो । सुनौलो योजना अन्तरगत एकसाता भित्र मोटरसाइकल खरिदकर्ताहरु मध्येबाट १ जनालाई सुनको सिक्का पक्का पर्नेछ । यसै योजना अन्तरगत यमाहाको आधिकारिक विक्रेता जयमनाकामना मोटरसाइकल वक्र्समा खोलिएका लक्की ड्रमा कपिलवस्तु महेन्द्रकोटका नारायण प्रसाद भुसाललाई ५ ग्रामको सुनको सिक्का परेको छ । लक्की ड्र कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, प्रोप्राइटर डम्मरदेव पाठक, ग्राहकवर्ग तथा पत्रकारको रोहबरमा खोलिएको थियो । एकसाता सम्म जयमनकामनाबाट १४ जना ग्राहकबाट सहभागी लक्की ड्रमा यमाहाको सोलुटो बाइक खरिदकर्ता नारायण प्रसाद भुसालले सुनको सिक्का प्राप्त गरेको डिलरका प्रोप्राइटर डम्मरदेव पाठकले बताउनुभयो ।
जयमनकामना सहितका देशैभरका डिलरबाट ७ सय जनालाई आजै सुनको सिक्का परेको छ । नयाँ वर्षको योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र मार्फत (सुनको सिक्का) प्रदान गर्नेछ । लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्ने आधिकारीक विक्रेता जयमनकामना मोटरसाईकल वक्र्स चारनम्बर कपिलवस्तुले जनाएको छ । यमाहाको ‘नयाँ वर्ष योजना’ले ल्याएको अफरमा सहभागी हुदै सुनको सिक्काले नयाँ वर्षको उल्लास संगै परिवारमा थप खुशी ल्याउने विजेता भुसालले बताउनुभयो । उहाँले यमाहाले नयाँ अफर राखेर ग्राहकको मन जित्दै गएको समेत बताउनुभएको छ । लक्की ड्र चैत्र १७ गतेदेखि प्रत्येक आइतबार हरेक डिलरमा लागु हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  १२ : ४७ बजे