३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कांग्रेसको आग्रहमा २ दिन पछि सर्‍यो प्रमुख निर्वाचन आयुक्तको सुनुवाई



काठमाडौं ।
संसदीय सुनुवाई विशेष समितिको आइतबार बोलाइएको बैठक २ दिन पछि सारिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आग्रहमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया शुरु गर्न बोलाइएको बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सारिएको हो ।
बैठकमा नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदद्वय भिमसेन दास प्रधान र जितेन्द्र देवले पार्टी सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गर्नुपर्ने भन्दै बैठक केही दिनका लागि पछि सार्न आग्रह गरेका थिए ।

सोही आग्रहलाई ध्यानमा राख्दै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ८ : ४६ बजे