३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दुर्घटना अपडेटः ज्यान गुमाएका ६ जनाकै सनाखत



ओखलढुंगा ।
ओखलढुंगामा भएको स्कारपियो दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
घाइतेको उदयपुरको घुर्मि्स्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनका कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
त्यस्तै काठमाडौं बौद्धका चालक कृष्ण श्रेष्ठ भने गम्भीर घाइते छन्। आइतबार बिहान ११स् ३० बजे खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ८ : ०७ बजे