३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

झरनाले ‘मेरो मेगास्टार’ भन्दै अनमोललाई दिइन् शुभकामना



काठमाडौं
फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल केसीलाई मुख्य भूमिकामा अभिनय गराएकी निर्देशक झरना थापाले अनमोल केसीलाई मेगास्टारको ट्याग दिन छोडेकी छैनिन् ।

फिल्मी क्षेत्रमा अनमोल केसीलाई जम्मा ७ वटा फिल्म खेल्दैमा मेगास्टारको ट्याग लगाइदिन नहुने भनेर बहस पनि हुने गरेको छ । किनकि, अनमोल केसी भर्खरै फिल्म क्षेत्रमा पाइला चालेका अभिनेता हुन् । सफल हुनै बाँकी हुँदा दिइएको यो उपाधिले पछि उनलाई नै टोक्ने त होइन रु यो बारेमा भने कसैले ध्यान पु–याएका छैनन् ।

‘ए मेरो हजुर ३’ को टिजरमा अनमोल केसीलाई झरनाले मेगास्टार भन्दै परिचय गराइन् । त्यसपछि उनको निरन्तरता ट्रेलरमा पनि देखियो ।
उनै झरनाले अनमोललाई सामाजिक सञ्जाल फेसबूकमा जन्मदिनको शुभकामना दिँदै मेगास्टार भनेकी छिन् ।

‘ह्याप्पी बर्थडे मेरो मेगास्टार, तिम्रो अनुहारबाट खुशी कहिल्यै टाढा नहोस् ।’, उनले लेखेकी छिन् ।

झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ यही चैतमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा झरना थापाकी छोरी सुहाना थापा अनमोलको अपोजिटमा छिन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ७ : ५९ बजे