३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जिप दुर्घटना अपडेटः मृतक ६ मध्ये चारजनाको सनाखत



काठमाडौँ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जना मध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङ थप्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिंमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा र सोही ठाउँका वाङदा शेर्पा रहेका छन् ।
दुई जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते तीनजनालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ ।
हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ७ : ५० बजे