२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

स्लोभाकियाले पायो पहिलो महिला राष्ट्रपति



एजेन्सी ।
मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाले पहिलो महिला राष्ट्रपति पाएको छ । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभाले राष्ट्रपतिको चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बनेकी हुन् । जुजानासँग राजनीतिक अनुभव थिएन, उनले सत्तासीन पार्टीका उच्च व्यक्तित्वका राजनीतिज्ञ तथा मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा पराजित गरेकी हुन् । जुजानाले चुनावलाई राम्रो र नराम्रोबीचको संघर्षको रुपमा लिएकी थिइन् ।

यो चुनाव पछिल्लो वर्ष एक खोजी पत्रकारको हत्यापछि भएको हो । पत्रकार जन कुइयाकले राजनीतिज्ञ र संगठित अपराधबीच सम्बन्ध रहेको पाएपछि गएको फेब्रुअरी २०१८ मा उनकी पत्नीसँगै उनको गोली हानेर हत्या गरिएको थियो ।

त्यो घटनापछि जुजानाले राष्ट्रपतिको पदका लागि चुनाव लड्ने घोषणा गरेकी थिइन् । जुन निकै ठूलो औपचारिक भूमिका थियो । उनले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए ।

पहिलो मतदानमा जुजानाले ४० प्रतिशत मत प्राप्त गरेकी थिइन् जुन सेफकोभिकले प्राप्त गरेको मतभन्दा १९ प्रतिशतभन्दा कम थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ७ : १८ बजे