३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ओलखढुङ्गाको मानेभन्ज्याङमा स्कार्पियो जीप दुर्घटना, ६ जनाको मृत्यु



ओखलढुङ्गा ।
ओलखढुङ्गाको मानेभन्ज्याङमा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मानेभन्ज्याङ गाउँपालिका–६ डढुवा खोला भन्ने ठाउँमा बा १६ च २२०७ नम्बरको स्कार्पियो जीप दुर्घटनामा परेको हो । हलेसीबाट काठमाडौं आउँदै गरेको स्कार्पियो जीप ओलखढुङ्गाको मानेभन्ज्याङमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३ जना घाइते भएका जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले स्थानीय मानेभन्ज्याङ प्रहरी चौकीबाट प्रहरी टोली उद्दारका लागि पुगेको जनाएको छ ।
दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ६ : ५९ बजे