२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

घरायसी विवादमा ससुराले खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाइते



उदयपुर ।
उदयपुरको बेलका नगरपालिका–२ बाँधडाँडामा ससुराको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते भएकी छिन् । शनिबार दिउँसो १ बजे स्थानीय सितुमान राईले ३० वर्षीया बुहारी चन्दा राईलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका थिए ।

घाइते चन्दालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने सितुमानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी चन्दाको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते चन्दाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ६ : २० बजे