३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

इंग्लिस प्रिमियर लिगः हडर्ल्सफिल्ड टाउन रेलिगेशनमा पर्ने पक्का



एजेन्सी ।
हडर्ल्सफिल्ड टाउन इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग पराजित भएपछि हडर्ल्सफिल्ड रेलिगेशनमा पर्ने पक्का भएको हो ।

घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले हडर्ल्सफिल्डलाई २–० ले हराएको हो । प्यालेसको जितमा लुका मिलिभोएविच र प्याट्रिक भान आन्होल्टले गोल गरे ।

बर्नली र साउथह्याम्पटन शनिबार राति नै भएको खेलमा विजयी हुनुले पनि हडर्ल्सफिल्ड टाउन लिगका सात खेल बाँकी हुँदै रेलिगेशनमा पर्ने पक्का भएको हो । यो सिजनका ६ खेल प्रिमियर लिगमा हडर्ल्सफिल्डले खेल्ने छ । आउँदो सिजन भने उसले च्याम्पियनसिपमा खेल्नु पर्नेछ ।

प्रिमियर लिगको इतिहासमा डर्बी काउन्टी र इप्सविच टाउन पनि लिगका ६ खेल बाँकी हुँदै रेलिगेशनमा परेका थिए । यो सिजन रेलिगेशनमा पर्ने हडर्ल्सफिल्ड पहिलो टिम बनेको छ ।

हडर्ल्सफिल्ड दुईवर्षअघि प्रिमियर लिगमा बढुवा भएको थियो । पुछारको उसको ३२ खेलबाट १४ अंक छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ३ : १० बजे