एजेन्सी ।
म्यानचेस्टर सिटी पुनः इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा रेलिगेशनमा पर्ने लगभग पक्का जस्तै रहेको फुलह्याममाथि २–० को जित निकाल्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी शीर्षस्थानमा पुगेको हो ।
अवे मैदानमा भएको खेलमा सिटीको जिटमा बर्नार्डो सिल्भा र सर्जियो अग्युरोले गोल गरेका हुन् । दुवै गोल पहिलो हाफमा भएको हो । पाँचौँ मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता लियो । २७ औँ मिनेटमा अग्युरोले गोल गरेका हुन् ।
जितपछि सिटीको ३१ खेलबाट ७७ अंक भएको छ । ७६ अंक रहेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । रेलिगेशनको संघारमा रहेको फुलह्यामको १७ अंक छ ।
शनिबार राति नै भएको खेलमा साउथह्याम्पटनले ब्राइटनलाई १–०, बर्नलीले वुल्भ्स तथा लेस्टर सिटीले बोर्नमाउथलाई समान २–० ले हराएका छन् ।
प्रतिक्रिया