३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

युभेन्टसको अर्को जित, इम्पोली पराजित



एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा शीर्षस्थानको युभेन्टस लगातार आठौँपटक लिग उपाधि जित्ने नजिक पुगेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा इम्पोलीलाई १–० ले हराएको युभेन्टसले अब लिगका बाँकी ९ खेलमा १३ अंक जोडेमा उपाधि पक्का हुनेछ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन किशोर खेलाडी माइसी केनले गोल गरेका हुन् । १९ वर्षका केनले ७२ औँ मिनेटमा गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।
अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धाको क्रममा थाइमा समस्या देखिएपछि क्रिष्टियानो रोनाल्डो बिना नै युभेन्टस मैदानमा थियो ।
जितपछि शीर्षस्थानको युभेन्टसको २९ खेलबाट ७८ अंक भएको छ । दोस्रो स्थानको नापोलीको २८ खेलबाट ६० अंक रहेको छ । शनिबार राति भएका अरु खेलमा युडिनेसले जेनोएलाई २–० तथा साम्पाडोरिएले एसी मिलानलाई १–० ले हराएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  ३ : ०४ बजे