३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

ला लिगाः बार्सिलोनाको जितमा मेस्सीको २ गोल



एजेन्सी ।
लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक २ गोल गरेपछि स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ५६ अंक छ ।
स्पान्योलको भने २९ खेलबाट ३४ अंकसहित अंकतालिकाको १४ औं स्थानमा छ । पहिलो खेल गोलरहित बराबरीमा रोके पनि स्पान्योलले नाउ क्याम्पमा बार्सिलोनाको अग्रपंक्तिलाई रोक्न सकेन । मेस्सीले खेलको ७१ औं र ८८ औं मिनेटमा गोल गरेका हुन् ।


योसँगै मेस्सी ले जारी सिजन आफ्नो गोलसंख्या ४० र्पुयाएका छन् । त्यसमध्ये ३१ गोल ला लिगामा गरेका छन् । मेस्सी ला लिगा इतिहासकै सर्वा्धिक गोलकर्तासमेत हुन् । ३१ वर्षीय अर्जे्न्टिनी सुपरस्टार मेस्सीले सन् २००९ यता दशौंपल्ट प्रति सिजन कम्तीमा ४० गोल गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५ आइतबार ००:००  २ : ०१ बजे