काठमाण्डौ ।
ओपनर केएल राहुलले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग आईपीएल को नवौं खेलमा किंग्स इलाभेन पन्जाबले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।
मुम्बईले प्रस्तुत गरेको १ सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको पन्जावले १८।४ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । पन्जाबलाई सहज जित दिलाउन ओपनर केएल राहुलले अर्ध शतकीय पालीखेले । राहुलले ५७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे । क्रिस गेलले २४ बलमा ४ छक्का र ३ चौकाका साथ ४० तथा मंयक अग्रवालले २१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे । डेविड मिलर १५ रनमा अविजित रहे । मुम्बईका लागि क्रुनाल पान्ड्याले २ विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय योगदान दिए । डी ककलाई १३ ओभरको अन्तिम बलमा मोहम्मद सामीले बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।
कप्तान रोहित शर्मा ३२,सुर्य कुमार यादव ११,युवराज सिंह १८,किरण पोलार्ड ७ रनमा आउट भए । क्रनाल पान्ड्याले १० र हार्दिक पान्ड्याले ३१ रनको योगदान दिए । हार्दिकले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पन्जावका लागि मरुगुन आश्विन,हार्डस विलजोन र मोहम्मद शामीले समान २ तथा एन्ड्रयु टाईले १ विकेट लिए ।
यो पन्जावको दोस्रो जित हो । पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदा कोलकता नाइट राइडसँग २८ रनले पराजित भएको थियो । त्यस्तै यो मुम्बईको दोस्रो हार हो । यस अघि मुम्बई दिल्लीसँग ३७ रनले पराजित हुँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले हराएको थियो । पन्जावले आफ्नो चौथो खेल आगमी १ अप्रिलमा दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने मुम्बईले चेन्नई सुपर किंग्सविरुद्ध अप्रिल ३ मा भिड्ने छ ।
प्रतिक्रिया