३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रनरले भित्त्रायो दुई सय सीसिको ‘हग’



मायादेवी अनलाइन, वाणगंगा । 

श्री बेल्वासे ट्रेडर्स तथा मामा रनर टे«ड चारनम्बर बैरिया कपिलवस्तुले २ सय सिसिको नयाँ मोटरसाइकल भित्त्राएको छ । रनर मोटरसाइकलको आधिकारी बिक्रेता रहेको मामा रनर टे«डले २ सय सिसिको हग मोटरसाइकल भित्त्राएको हो ।

मोटरसाइकलको वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले एक कार्यक्रमका बीच रिबीन काटेर उद्घाटन गर्नुभयो । त्यसपछि हगको टेस्ट ड्राइभ गर्नुभएका गिरीले रनरका हरेक मोटरसाइकलले नामुद कम्पनीका मोटरसाइकललाई सजिलै टक्कर दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो  । आफू रनर मोटरसाइकलको कपिलवस्तुका पहिलो ग्राहक बन्न पाउनु सौभाग्य भएको बताउनु भयो ।

गिरीले रनरको १५० सिसीको नाइट राइडर्स मोटरसाइकलको सवारीबाट आफू सन्तुष्ट भएको बताउनु भयो ।कार्यक्रममा संचालक बुद्धिसागर बेलबासे मामालेयुवापिढीको प्रमुख रोजाईमा रहेको हग मोटरसाइकलका रुपमा भित्रिएको हगले सबैको मन जित्नेमा विश्वास गर्नुभयो ।

यो मोटरसाइकलको मूल्य अरु मोटरसाइकलको भन्दा कम रहेको उहाले दाबी गर्नुभयो । यसै बर्ष देखि कपिलवस्तुमा रनर मोटसाइकल भित्रिएको हो । बंगलादेशमा उत्पादन भएको यो मोटरसाइकल ८० सिसि देखि २ सय सिसिका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  २ : १५ बजे