३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गुल्मीबाट देउवाले भने, कांग्रेसमा अव ‘गुट’ रहदैन



शिवलाल सुवेदी, गुल्मी ।
नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले कांग्रेसमा एकताको खाँचो रहेको बताएका छन । नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसगै एकताको अभाव देखिएकाले कांग्रेस अव एक भएर अगाडि बढ्ने बताए । उनले अव नेपाली कांग्रेसमा गुट नरहने समेत उद्घोष गरे ।
विगतले हामीलाई धेरै पाठ सिकाएको छ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने “हामी कांग्रेसका नेता कार्यकर्ताहरु एक नहुँदा निर्वाचनमा धेरै स्थानहरुमा पराजय भोग्न प¥यो अव कांग्रेस एक भएर अगाडि बढनुको विकल्प छैन ।”
उनले एकीकृत कांग्रेस वनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै कांग्रेस एक भएरमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । आफुसगै पाटीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, सह–महामन्त्री प्रकाश सरण महत लगायत एकदर्जन केन्द्रिय सदस्यहरुसगै गुल्मी आएका कांग्रेस सभापति देउवाले आगामी दिनमा नेपाली कांग्रेस एक भएर अगाडि बढ्ने ठोकुवा गरे ।
उनले केपी वली नेतृत्वको दुई तिहाईको वर्तमान सरकाले केही काम गर्न नसकेको आरोप लगाए । अहिले सरकार काम गर्नभन्दा पनि गफ गर्नमा ब्यस्त रहेको छ उनले भने “हिजो कांग्रेसको सरकारले गरेका विकास निमार्णका कामहरुको रिवन काटेर उद्घाटन गरेर मात्र यो सरकारले बढी प्रचार गर्ने काम नगर्ने गरेको हो ।”
दुई तिहाईको दम्भ देखाएरु वामपन्थीहरुको यो सरकाले हत्या, हिसां, वलात्कारीहरु वढाउने र उनीहरुलाई वचाउने काममा बढी लागेको देउवाको भनाई रहेको छ । उनले सरकारले कर वढाएर जनताहरुको ढाड मात्रै सेक्ने र एक दलीय अधिनायकवादी शासन चलाईरहेको दावी गरे ।
सवैधानिक निकायहरुको गठन लगायतका विभिन्न निकायहरुका गठनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई जानकारी नगराई संविधानको मर्म र भावना विपरित सरकार चलेको छ देउवाले भने“ यो सरकारको मनपरि र अधिनायकवादी शासन सहेर काग्रेस चुप लाग्दैन ।”
उनले कांग्रेस काम गर्ने पाटी भएको र कम्युनिष्टहरु काम नगर्ने गफ गरेर प्रचार मात्रै गर्ने पाटी भएको बताए । उनले राजनितीक सरक्षणमा मुलुकमा अहिले भष्टाचार मौलाउनुका साथै सरकारले सवैधानिक निकायहरु अख्तियार, अदालतहरुलाई दुई तिहाईको कारण देखाउदै तर्साइरहेको समेत बताए ।

यस्तै कार्यक्रमलाई सम्वोधन गदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कांग्रेसमा अव एकता आवश्यक भएको बताए । उनले उनले कांग्रेसमा विभाजन हुदाँ प्रतिपक्षले धेरै फाईदा लिएकाले कांग्रेसमा एकताको खाचौ रहेको औलाए । म जहिले पनि एकताको पक्षमा उभिएको छु पौडेलले भने“ हामीमा भएका मतभेदहरुलाई वसेर छलफलको माध्यमवाट समाधान गरि अव काग्रेस एक ठाउँमा आउनुपर्छ ।” उनले महासमितीको वैठकमा एउटा निर्णय भएको र पाटीको केन्द्रिय कमिटीको वैठकमा अर्को निर्णय भएकाले आफुले पाटीमा नोट अफ डिसिजन लेखेको बताए ।

उनले पाटी सभापति शेरबहादुर देउवालाई सही मुल्याङकन गरेर अगाडि बढ्न आग्रह समेत गरे । म पाटी नेतृत्वलाई आग्रह गर्न चाहान्छु उनले भने“ जनता र पाटी कार्यकत्र्ता लगायत नेताहरुको मन जितेर नेता बन्नुहोस, यसो भएमा कांग्रेस एक हुन कुनै समस्या म देख्दिन ।” पूर्व मन्त्री समेत रहेका पौडेलले पनि अहिलेका सरकार जनताको सरकार नभएर अधिनायकवाद सरकार भएको दावी गरे । अहिलेको केपी वली नेतृत्वको सराले सपना मात्रै वाड्ने काम नगर्ने भन्दै पौडेलले यति ठुलो अवसर पाउदाँ पनि यो सरकाले काम गर्न नसकेको आरोप लगाए ।

२ वटा पाटीहरु मिलेर निर्वाचनमा जनताहरुलाई झुक्काएर दुई तिहाई प्राप्त गरेका हुन उनले अगाडि भने“ यो सरकारका काम कारर्वाही र गतिविधीले नेकपा आफै हराएर जान्छ, हामी एक हुनुप¥यो आत्तिनुपर्ने कामै छैन ।” सरकार सविधान र लोकतन्त्र विपरित चलेको भन्दै पौडेलले आफ्नै भित्रको आन्तरिक कारणले निर्वाचनमा पराजय वेर्होनु परेकाले कांग्रेसले ब्यवहार सुधार गरेरमा निर्वाचनमा आफुहरुलाई कसैले पराजित गर्न नसक्ने भनाई उनको थियो । कार्यक्रमका काग्रेसका महामन्त्री शसांक कोईराला, सह–महामन्त्री प्रकाश सरण महत, केन्द्रिय सदस्यहरु गोपालमान श्रेष्ठ, एनपी साउद, चन्द्र भण्डारी, डिला साङग्रौला, सरीता पसाई, धनराज गुरुङ्ग, दिपक गिरी, भिष्मराज आङदब्म्वे, महिला सघंकी केन्द्रिय उपाध्यक्ष सरिता तिवारी लगायतले पनि वौल्दै कांग्रेसमा एकताको खाचो रहेको बताए ।

उनीहरुले कांग्रेसमा विभाजन देखिदाँ समस्या आएकाले आगामी दिनमा नेपाली कांग्रेस एक भएर अगाडि बढ्न वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेर बहादुर देउवालाई आग्रह गरेका थिए । उनीहरुले कांग्रेस गुल्मीले दुई नेतारुलाई एउटै मञ्चमा ल्याएर एकताको जुन सन्देश प्रवाह गर्न खोजेको छ त्यो नेतृत्वले मनन गरे अगाडि बढ्न समेत सुझाव दिए । नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन शनिवार र आईतवार गरि दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  २ : ११ बजे